मलेसियामा कोरोना भाइरसले १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित « Khabarhub

मलेसियामा कोरोना भाइरसले १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०५ पुगेको छ ।

मलेसियामा एकैदिन थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०५ पुगेको हो ।

मलेसियामा एकैदिन थप १२२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार २९८ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ४१३ जना उपचारपछि निको भएका छन् । १ हजार ७८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २७ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

दूतावासले कुनै समस्या देखिएमा सम्पर्कमा रहन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ३९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी