थाइल्याण्डमा बन्यो ७ पार्टीको गठबन्धन « Khabarhub

थाइल्याण्डमा बन्यो ७ पार्टीको गठबन्धन


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्याण्डका सात पार्टीले नयाँ गठबन्धन बनाएका छन् । सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् । यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।

निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन् ।

स्वेच्छिक निर्वासनमा रहनुभएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।

‘हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,’ फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भने । जनताले लोकतन्त्रको पक्षधर पार्टीहरुलाई साथ दिने उनको विश्वास छ ।

गत आईतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन । कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।

यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।

कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरुले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।

सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ ।

७ सय ५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५ सय जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था छ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : १४ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको