बीजेपीका नेताको घर नक्सलवादीले उडाइदिए « Khabarhub

बीजेपीका नेताको घर नक्सलवादीले उडाइदिए


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– विहारको गयामा पूर्व एमएलसी तथा बीजेपीका नेता अनुज कुमार सिंहको घरमा नक्सलवादीले आक्रमण गरेको छन् । नक्सलवादीले घरमा डाइनामाइट लगाएर विस्फोट गराउँदा घर क्षतिग्रत भएको छ ।

विस्फोटमा कुनै मानवीय क्षती नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटमा संलग्न नक्सलवादी खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

विस्फोटमा परेको डुमरियाका पूर्व एमएलसी अनुज कुमार सिंहको घर हो । यो घरमा उनका काका र उनका परिवारका सदस्य बस्ने गरेका थिए ।

नक्सलवादीले बुधबार राति करिब ११ बजे घरमा विस्फोट गराएका थिए । यसका साथै अनुजका भाई जयलाई उनीहरुले पिटेका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व एमएलसी अनुज कुमारलाई नक्सलवादीले धम्की दिइरहेका थिए । नक्सलवादीले लोकसभा चुनाव बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : १५ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा