दक्षिण कोरियामा कोरोनाको प्रकोप घट्दै, विद्यालय खोल्ने अनुमति « Khabarhub

दक्षिण कोरियामा कोरोनाको प्रकोप घट्दै, विद्यालय खोल्ने अनुमति


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।

कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताए ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन् । दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ । अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।

करिब एक हप्ता अगाडी दक्षिण कोरियाले आठ थप भाइरस संक्रमित भेटिएपछि १० हजार ८०० जनामा कोरोना भाइरस सक्रमण देखिएको छ । यस कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २५२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : १८ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल