माथिल्लो त्रिशुली थ्री ‘बी’को आईपीओ आज बाँडफाँट हुँदै « Khabarhub

माथिल्लो त्रिशुली थ्री ‘बी’को आईपीओ आज बाँडफाँट हुँदै


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको साधारण शेयर (आईपीओ) आज (बिहीबार) बाँडफाँट हुने भएको छ ।

सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शभाहलमा आईपीओ बाँडफाँट हुने शेर विक्री प्रवन्धक कम्पनी ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

‘नेपालको पानी जनताको लगानी’  कार्यक्रमकाे उद्घाटन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उर्जा मन्त्री वर्षमान पुन, उर्जामन्त्री पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीलगायतले माथिल्लो त्रिशुली थ्री ‘बी’को साधारण शेयर भरेका छन् ।

प्रधानमन्त्री ओली र शाक्यले १०–१० हजार आईपीओ भरेका थिए भने उर्जामन्त्री पुन र पूर्वसभामुख घर्तीले १–१ हजार कित्ता आईपीओ भरेका थिए ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयर भरेर उद्घाटन गरेको माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाका लागि ६ करोड ४५ लाख ५३ हजार ९ सय कित्ता शेयर आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । आयोजनाले भने पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि खुला गरेको थियो ।

माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाले बिक्री खुला गरेकोभन्दा धेरै शेयर परेपछि भर्नेजति सबैलाई शेयर पर्ने संभावना भने कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : ४६ बजे

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण