माथिल्लो त्रिशुली थ्री ‘बी’को आईपीओ आज बाँडफाँट हुँदै « Khabarhub

माथिल्लो त्रिशुली थ्री ‘बी’को आईपीओ आज बाँडफाँट हुँदै


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको साधारण शेयर (आईपीओ) आज (बिहीबार) बाँडफाँट हुने भएको छ ।

सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शभाहलमा आईपीओ बाँडफाँट हुने शेर विक्री प्रवन्धक कम्पनी ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

‘नेपालको पानी जनताको लगानी’  कार्यक्रमकाे उद्घाटन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उर्जा मन्त्री वर्षमान पुन, उर्जामन्त्री पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीलगायतले माथिल्लो त्रिशुली थ्री ‘बी’को साधारण शेयर भरेका छन् ।

प्रधानमन्त्री ओली र शाक्यले १०–१० हजार आईपीओ भरेका थिए भने उर्जामन्त्री पुन र पूर्वसभामुख घर्तीले १–१ हजार कित्ता आईपीओ भरेका थिए ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयर भरेर उद्घाटन गरेको माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाका लागि ६ करोड ४५ लाख ५३ हजार ९ सय कित्ता शेयर आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । आयोजनाले भने पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि खुला गरेको थियो ।

माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाले बिक्री खुला गरेकोभन्दा धेरै शेयर परेपछि भर्नेजति सबैलाई शेयर पर्ने संभावना भने कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : ४६ बजे

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का