एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरी बलका हवल्दारको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत केलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा से १ च १८२८ नम्बरको एम्बुलेन्सले म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत हवल्दार ऐर कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित घरबाट कार्यालय जाँदै दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ओम साईं अस्पतालको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक घोडाघोडी–१० घर भएका २८ वर्षीय भरत बोहोरा भने घाइते छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का ५४ वर्षीय आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय सुख्खडमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ०७ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा