राप्रपाद्वारा मकवानपुर जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग « Khabarhub

राप्रपाद्वारा मकवानपुर जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा समेत जोड दिएका छन्।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले मकवानपुर  जिल्लाका लागि प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै  अध्यक्ष थापाले कोरोना संक्रमणबारे सतर्क रहन आग्रह गरेका हुन् ।

विभागले ज्वरो नाप्ने उपकरण (थर्मल गन) लगायतका सामग्री जिल्लाका लागि सहयोग गरेको छ। विभाग प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई आज १० थान थर्मल गन हस्तान्तरण गरेकी हुन्।

स्वास्थ सामग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको पोखरेलले प्रतिक्रिया दिइन्। अध्यक्ष थापाले सामग्रीहरु मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत विपद व्यवस्थापन समिति कमाण्ड पोस्टमा हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ५३ बजे

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३