राप्रपाद्वारा मकवानपुर जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

राप्रपाद्वारा मकवानपुर जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा समेत जोड दिएका छन्।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले मकवानपुर  जिल्लाका लागि प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै  अध्यक्ष थापाले कोरोना संक्रमणबारे सतर्क रहन आग्रह गरेका हुन् ।

विभागले ज्वरो नाप्ने उपकरण (थर्मल गन) लगायतका सामग्री जिल्लाका लागि सहयोग गरेको छ। विभाग प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई आज १० थान थर्मल गन हस्तान्तरण गरेकी हुन्।

स्वास्थ सामग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको पोखरेलले प्रतिक्रिया दिइन्। अध्यक्ष थापाले सामग्रीहरु मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत विपद व्यवस्थापन समिति कमाण्ड पोस्टमा हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ५३ बजे

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार