लकडाउनका बेला मदिरा नपिउन सरकारको अपिल | Khabarhub Khabarhub

लकडाउनका बेला मदिरा नपिउन सरकारको अपिल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न अपिल गरिएको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न पनि आग्रह गरिएको हो ।

मन्त्रालयमा आज (मंगलबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताए । ‘मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ,’ उनले भने ।

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गरे । ‘मदिरा सेवनले कलेजोमा हानी गर्छ, त्यस्तै शरीरका अन्य अङ्गमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ,’ उनले भने ।

अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उनले सचेत गराए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : १६ बजे

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज