चट्याङबाट दाङमा आगलागी, २ घर जले « Khabarhub

चट्याङबाट दाङमा आगलागी, २ घर जले


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो ।

चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–८, अस्वाराका मोहन विकको घर भत्किएको छ । हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको हो ।

घर भत्किँदा घरभित्रका खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ५८ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै