नेपालगञ्जमा समुदायस्तरमा कोरोनाको परीक्षण गरिँदै | Khabarhub Khabarhub

नेपालगञ्जमा समुदायस्तरमा कोरोनाको परीक्षण गरिँदै


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण तथा रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।

कोरोना सङ्क्रमित समुदायमा परीक्षणका लागि स्वाब सङ्कलन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण हुनु महामारी पूर्वसङ्केत भएकाले नेपालगञ्जलाई नै निषेधित क्षेत्र घोषणा गरेर शङ्कास्पद समुदायका सबैजनाको कोरोना जाँच गरिँदैछ ।

दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगञ्जमा कोरोना सङ्क्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रोटोकलमा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ ।

“नेपालगञ्जमा कोरोना दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाई समुदायस्तरमा सरेको पाइएकोले तेस्रो चरणको सङ्क्रमण हो”, श्रेष्ठले भने, “कम्युनिटी ट्रान्समिसन महामारीपूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता भएको छ ।”

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले सङ्क्रमितबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ जोखिम बढेकाले सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताए ।

“सङ्क्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै शिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ”, उनले भने, “सङ्क्रमित ब्यक्तिबाट अन्य व्यक्ति हुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगञ्ज कोरोनाको खतरा मोडमा पुगेको छ ।”

नेपालगञ्जमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति गत चैत १० मा भारतबाट फर्किएका थिए । नेपालगञ्ज –८ डिएसपी रोड निवासी उनी यसबीचमा महेन्द्रपार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयवासीको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको पाइएको छ । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब गत शनिबार सङ्कलन गरिएको हो ।

नेपालगञ्ज–८ का मुसलमान समुदायका अगुवा समसुद्दीन सिद्धिकीले टोलका सबैजनाको कोरोना जाँच हुनुपर्ने बताए । उनले जाँचका लागि समन्वय र सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिए ।

सबै सङ्क्रमितको व्यापक रुपमा कन्ट्रयाक ट्रेसिङ गर्ने र ट्रेसिङबाट पहिचान गरिएका सम्भावितको स्वाब परीक्षण गर्न जिल्ला निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले भने, “उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निस्कन पाउने छैन ।”

उनले स्वाब नमूना परीक्षणमा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशन अस्पताल लैजाने र रिपोर्ट नेगेटिभ भएकालाई सुरक्षाको उच्च निगरानीसहित घरमै एकान्तबासमा राख्ने व्यवस्था गरिएको जानकारी दिए । (रासस)

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ५५ बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्