हुम्लामा 'किट' अभाव हुँदा कोरोना परीक्षण रोकियो | Khabarhub Khabarhub

हुम्लामा ‘किट’ अभाव हुँदा कोरोना परीक्षण रोकियो


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रिएका नागत्रिकलाई कोरोना परीक्षण गर्नका लागि किट नहुँदा परीक्षण रोएिको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरिएको छ । अन्य ६ स्थानीय तहमा किट नहुँदा ठूलो संख्याका जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएकालाई परीक्षण गर्न किटको अभाव हुँदा कोरोना भाइरस परीक्षण रोकिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कार्यालयसँग भएका सबै किटहरु सकिएका छन् । किट अभावमा परीक्षणको काम रोकिएको हो ।

प्रदेश सरकारले पहिलो पटक पठाएका किट सबै सकिएपछि परीक्षणमा समस्या निम्तिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा किट अभाव भएपछि कर्णाली प्रदेश सरकारसँग माग गरिएको प्रमुख सिंहले जानकारी दिए ।

यही वैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट ७७४ जना र हवाई मार्गबाट ४८० जना हुम्ला भित्रिएका छन् । उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखी कोरोना भाइरस संक्रमण परीक्षण गर्नुपर्ने भए पनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्योलमा छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ०७ बजे

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार