सीमानामा हुने आवतजावतमा थप कडाइ गर्न बारको आग्रह | Khabarhub Khabarhub

सीमानामा हुने आवतजावतमा थप कडाइ गर्न बारको आग्रह


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बार एसोसिएशनले सीमानाका तथा खुला सिमानाका कारण भारततर्फबाट हुने आवातजावतमा थप कडाइ गर्न र आन्तरिक आवागमनमा पनि थप जाँच परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।

महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको परीक्षणको दायरा बढाई भरपर्दो विधि र उपकरणमार्फत धेरै सङ्ख्यामा परीक्षण गर्न र आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गर्न, राहत वितरणमा समान र भेदभावरहित विधिबाट दुरुपयोग नहुने गरी गुणस्तरीय राहत सामग्री वितरण गर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गरी रोग र भोकबाट मर्न नपर्ने गरी नीति निर्माण गर्र्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जथाभावी सवारी पास वितरण नगर्न र वितरित सवारीसाधन पासको दुरुपयोग रोक्नसमेत सरकारसँग जोड्दार माग गर्दछौँ ।”

बारले जनताको धैर्यता र सहनशीलताका लागि उच्च सम्मान गर्दै राहत वितरण सही किसिमले नभइरहेको र पहुँचवालाले आफूखुशी गरेका कारणले पनि कतिपय ठाउँमा झडपको स्थितिसमेत सिर्जना भएको जनाएको छ ।

“वास्तविक राहत चाहिने व्यक्तिले नपाएको भन्ने समेत जनगुनासो आइरहेका छन्, रोगबाट बचाउने प्रयास गरिरहँदा भोकबाट मर्ने त होइन भन्ने आशङ्का पनि देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “रोग र भोगबाट कोही पनि व्यक्तिलाई मर्न नदिनका लागि सरकारबाट थप प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।” महामारीको प्रकोप दिनानुदिन बढ्दै गइरहेको अवस्थामा सरकारले महामारीलाई नियन्त्रणको प्रयास जारी राखे पनि बन्दाबन्दीको पनि पूर्ण पालना हुन नसक्दा थप सङ्क्रमण बढ्न जाने खतरा बढिरहेको बारले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : २७ बजे

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार