कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ – मन्त्री ढकाल « Khabarhub

कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ – मन्त्री ढकाल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताएका छन् ।

आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रु तीन लाख रकम ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताए ।

उनले कोभिड­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले यस रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको बताए ।

एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २१ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि