कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ - मन्त्री ढकाल | Khabarhub Khabarhub

कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ – मन्त्री ढकाल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताएका छन् ।

आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रु तीन लाख रकम ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताए ।

उनले कोभिड­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले यस रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको बताए ।

एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २१ बजे

बलिउडमा किन हुँदैछ ६९ वर्षीय उदितनारायणको ‘चुम्बन चर्चा’ ?

काठमाडौं – भारतीय गायक उदित नारायण झा विवादमा परेका छन्

केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

कास्की– विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर

माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पालास्थित सिद्धबाबा

जिरी भ्रमण वर्ष फागुनदेखि : ५० हजार पर्यटक भित्र्याइने

दोलखा– नेपालको स्वीट्जरल्यान्ड उपनामले परिचित दोलखाको जिरी नगरपालिकाले सन् २०२५