चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु, पाँच घाइते


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो ।

मंगलबार घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका–३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : १४ बजे

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार