वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन « Khabarhub

वुहानको ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीको चीनबाट खण्डन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  वुहानस्थित एक ल्यावबाट कोरोना भाइरस बाहिरिएको अमेरिकी दावीमा सत्यता नरहेको चीनले जनाएको छ ।

वुहान ल्यावबाट कोरोना भाइरस वाहिरिएको कैयन प्रमाणहरु रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले एक टेलिभिजन अन्तरवार्तामा दावी गरेलगत्तै चीनले त्यसको खण्डन गरेको हो ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमार्फत अमेरिकी दावी अस्वीकार गरेको हो ।

पूर्वसीआईएस निर्देशकले आधारहिन आरोप लगाएर विश्वलाई स्तब्ध बनाएको सम्पादकीयमा भनिएको छ ।

यदि पम्पिओसँग त्यस्ता प्रमाणहरु छन् भने उनलाई त्यस्ता कथित प्रमाण विश्वसामु पेश गर्न सम्पादकीयमार्फत चुनौती समेत दिइएको छ ।

उनीसँग त्यस्तो कुनै प्रमाण नरहेको र आइतबारको अन्तरवार्तामा उनले झुठो बोलेको चीनको पत्रिकाको सम्पादकीयमा दावी गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एवीसी टीभीलाई दिएको अन्तरवार्तामा कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका थिए ।

अन्तरवार्ताका क्रममा कोभिड १९ को कारक कोरोनाभाइरस ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप बाहिरिएको वा नियतपूर्वक ल्याबमा नै बनाइएको भन्नेबारे भने पम्पिओ अन्यौलमा देखिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका उच्च अधिकारीहरुले चीनको वुहान इन्स्टीच्युट अफ भाइरोलोजीमा फ्रिजमा राखिएका भाइरस लिक भएर बाहिरिएको दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : २२ बजे

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी