बार्सिलोनाका सबै खेलाडीको कोरोना परीक्षण गरिने « Khabarhub

बार्सिलोनाका सबै खेलाडीको कोरोना परीक्षण गरिने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ ।

स्थगित ला लिगाका खेल सुरू गर्ने तयारीमा खेलाडीलाई अभ्यासमा उतारिने भएकाले सबैको अनिवार्य परीक्षण गरिने भएको हो ।

त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार बार्सिलोनाको प्रशिक्षण मैदानमा कोभिड–१९ रहे–नरहेको भन्ने थाहा पाउन बुधबार परीक्षण गर्ने तयारीमा क्लब रहेको छ ।

ला लिगाका क्लबहरुलाई यो हप्ता प्रशिक्षणमा फर्किन अनुमति दिइएको छ । लिगले परीक्षणका लागि अनुमति दिएको बार्सिलोनाले जनाएको छ ।

ला लिगाका आयोजकले आउँदो जुनमा बाँकी खेलहरु सुरु गर्ने तयारी गरेका छन् । कोरोना भाइरसको महामारीका कारण स्पेनका सबै फुटबल गतिविधिहरु गएको मार्चदेखि नै रोकिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३९ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,