बार्सिलोनाका सबै खेलाडीको कोरोना परीक्षण गरिने | Khabarhub Khabarhub

बार्सिलोनाका सबै खेलाडीको कोरोना परीक्षण गरिने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ ।

स्थगित ला लिगाका खेल सुरू गर्ने तयारीमा खेलाडीलाई अभ्यासमा उतारिने भएकाले सबैको अनिवार्य परीक्षण गरिने भएको हो ।

त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो । बुधबार बार्सिलोनाको प्रशिक्षण मैदानमा कोभिड–१९ रहे–नरहेको भन्ने थाहा पाउन बुधबार परीक्षण गर्ने तयारीमा क्लब रहेको छ ।

ला लिगाका क्लबहरुलाई यो हप्ता प्रशिक्षणमा फर्किन अनुमति दिइएको छ । लिगले परीक्षणका लागि अनुमति दिएको बार्सिलोनाले जनाएको छ ।

ला लिगाका आयोजकले आउँदो जुनमा बाँकी खेलहरु सुरु गर्ने तयारी गरेका छन् । कोरोना भाइरसको महामारीका कारण स्पेनका सबै फुटबल गतिविधिहरु गएको मार्चदेखि नै रोकिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३९ बजे

जाग्राम बसेर देश विकास हुने हो प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई उछिन्दै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ