रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा « Khabarhub

रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका हुन् ।

युभेन्टसमा आवद्ध उनी क्लबले प्रशिक्षणका लागि बोलाएसँगै इटाली पुगेका हुन् । कोरोना भाइरसको संक्रमणले इटाली प्रभावित बनेपछि रोनाल्डो करिब दुई हप्ता आफ्नो मूलथलो मदीरामा बिताएका थिए ।

देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नेछन् ।

उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवतः उनीहरु १८ मे बाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ ।

युभेन्टसले गत सोमबारदेखि नै प्रशिक्षण थालिसकेको छ । इटली सरकारले सिरी ‘ए’ क्लबहरुलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्ना विदेशी खेलाडीहरुलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि