तपाईंलाई यस्ता समस्या त छैनन्, नखानुस् लसुन « Khabarhub

तपाईंलाई यस्ता समस्या त छैनन्, नखानुस् लसुन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ ।

तर लसुनको प्रयोगले सबै मानिसलाई राम्रो भने गर्दैन । त्यसैले लसुन को प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा ख्याल गर्नुपर्छ । यस्ता व्यक्तिले लसुन नखानुस्

हेपाटाइटिस भएका व्यक्ति

हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन । किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्छ । यसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ । जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्छ र मानिसलाई बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू देखा पर्छ । त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन गर्नुहुदैन ।

सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडिदेखि लसुन खान छोड्नुपर्छ । लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर संक्रमण हुने सम्भावना बढ्छ ।

कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माण गर्न सहयोग पु¥याउँछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिन्छ । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन्छ ।

झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गर्दा लसुनको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर गर्छ । जसको कारण आन्द्रामा घाउ हुन जान्छ । यस्तो अवस्थामा दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने समस्या ल्याउछ । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन गर्नु हुदैन ।

आँखा सम्बन्धि रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नु उपयुक्त हुदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले असर पु¥याउनछ । आँखा पाकेको समयमा लसुन खादा आँखाबाट रगत पनि निस्कन सक्छ । आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने समस्या हुन्छ ।

यदि तपाईमा यी रोगहरु छन् भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस । स्वास्थ्यमा समस्या नभएक व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, ती रोगीहरुका लागि लसुनको प्रयोग खतरनाक हुन सक्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ५० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि