लकडाउनका बेला कैलालीबाट ठूलो परिणाममा मदिरा बरामद | Khabarhub Khabarhub

लकडाउनका बेला कैलालीबाट ठूलो परिणाममा मदिरा बरामद


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीमा ठूलो परिमाणमा मदिरा बरामद गरिएको छ । लकडाउन अवधिमा कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

प्रहरीले गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा फेला पारेको सिल प्याक एक हजार २६२ बोतल र छ हजार ८०० लिटर घरेलु मदिरा बरामद गरिएको उनले बताए ।

टीकापुर नगरपालिका नगरप्रमुख, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख, टीकापुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतको रोहबरमा बुधबार बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

बरामद गरिएको सिल प्याक मदिरा भने नियमानुसार करदाता सेवा कार्यालय लम्की कैलालीमा पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले