बालुवाटारमा नेकपा सचिवालय बैठक जारी « Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी सचिवालय बैठक बसिरहेको जानकारी दिए ।

गत शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक आह्वान गर्ने र त्यसका अघिल्ला दिन(२४ गते) सचिबालय बैठक बस्ने निर्णय गरेको थियो ।

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने र यसको तयारीका लागि सचिवालयको बैठक २४ गते बस्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै २० जना स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए ।

उक्त माग बमोजिम सचिबालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । यसबीचमा पार्टीमा देखिएका समस्याहरु केही मत्थर भएको देखिएको छ ।

गत सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसहितका नेताहरुले आत्मआलोचना गर्दै पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : १४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट