बालुवाटारमा नेकपा सचिवालय बैठक जारी | Khabarhub Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी सचिवालय बैठक बसिरहेको जानकारी दिए ।

गत शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक आह्वान गर्ने र त्यसका अघिल्ला दिन(२४ गते) सचिबालय बैठक बस्ने निर्णय गरेको थियो ।

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने र यसको तयारीका लागि सचिवालयको बैठक २४ गते बस्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्ययादेश जारी गर्ने निर्णय गरेसँगै २० जना स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए ।

उक्त माग बमोजिम सचिबालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । यसबीचमा पार्टीमा देखिएका समस्याहरु केही मत्थर भएको देखिएको छ ।

गत सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसहितका नेताहरुले आत्मआलोचना गर्दै पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : १४ बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल