साउदीमा अलपत्र नेपाली श्रमिक भन्छन्, ‘हाम्रो आवाज सरकारले कहिले सुन्ने ?’ « Khabarhub

साउदीमा अलपत्र नेपाली श्रमिक भन्छन्, ‘हाम्रो आवाज सरकारले कहिले सुन्ने ?’


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् ।

उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन् । कतिपय कामदारहरुले आफूहरु खाना समेत नपाउने अवस्थामा पुगेको बताएका छन् ।

करिव पाँच महिना पहिले वैदेशिक रोजगारीका लागि साउदी पुगेका श्याम पासवानले खबरहबसँग भने, ‘एक महिनादेखि कोठामा बसेको छु, कम्पनीले न खाना, न त पैसा नै दिएको छ । अवस्था नाजूक बन्दै गएको छ । सरकाले  चाँडै उद्दार गर्ने आशामा छु ।’

उनले आफू लगायत अन्य केही नेपालीहरुको अवस्था दयनीय बन्दै गएको बताए । काेरोनाको त्राससँगै रोग र भोकले विचल्ली हुने अवस्था आएका कारण नेपाल सरकारले उद्दारका लागि उचित पहल गर्नुपर्ने बताए ।

यसैबीच मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले आ‍फूहरु अलपत्र परेको भन्दै धर्ना दिएका थिए ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।

यो पनि पढौं

१५ नेपाली साउदीमा अलपत्र

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ०० बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट