नेकपा स्थायी कमिटी बैठक अनिश्चित, बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी « Khabarhub

नेकपा स्थायी कमिटी बैठक अनिश्चित, बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच एजेन्डाको विषयमा सहमति नहुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

बिहीबारदेखि शुरु हुने गरी तय भएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार अपाह्न सचिवालय बैठक बसेको थियो । तर, प्रधानमन्त्री समेत रहेका ओली बैठकको बीचमै उठेर हिँडेपछि स्थायी कमिटीको एजेन्डा तय हुन सकेको छैन ।

अध्यक्ष ओली बीचमै उठेर हिँडेपछि बुधबार बसेको सचिवालय बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।

बैठकमा उपस्थित भएका सचिवालय सदस्ययहरु उठेर हिँडेका छन् । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठको एजेन्डा तय गर्न अध्यक्षहरुको गृहकार्य नपुगेको विषय बैठकमा जानकारी गराइएको बताए ।

अध्यक्ष अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए ।

अध्यक्षद्वयबीच सहमति भए मात्रै स्थायी कमिटी बैठक निश्चित हुने छ ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकको निर्णयानुसार बिहीबार बिहान ११ बजेदेखि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भन्दै स्थायी कमिटीका सदस्यहरुलाई खबर समेत गरिएको छ ।

तर, बुधबारको सचिवालय बैठकमा विवाद झन बढेपछि स्थायी कमिटी बैठक अश्चित बनेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु