जो ‘लकडाउन’मा भोका कुकुरलाई खाना खुवाउन दैनिक निस्किन्छन् सडकमा « Khabarhub

जो ‘लकडाउन’मा भोका कुकुरलाई खाना खुवाउन दैनिक निस्किन्छन् सडकमा


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मुलुकभर लकडाउन लागू गरेको छ ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । त्यो भन्दा बढी सडमा रहेका पशु चौपायाहरु प्रभावित छन् । सडकमा भएका पशु-चौपायाहरुले खान पाए/नपाएकोप्रति धेरैको ध्यान जान सकेको छैन ।

यही अवस्थालाई ध्यानमा राखेर बुढानिलकण्ठ क्षेत्रका युवाहरुले सडकमा भोकै रहेका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् ।

‘मिलेर गरम्, सकेको गरम्’ अभियनाका साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र १२ का युवाहरुले सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउने गरेका हुन् ।

उनीहरुले सकेको सहयोग उठाएर सडकका कुकुरहरुलाई दैनिक खाना खुवाउँदै आएका छन् । यो अभियान लकडाउन अवधिभर मात्र नभएर निरन्त गरिने उनीहरुले बताएका छन् ।

अभियानमा स्थानीय युवाहरु दिपेश भण्डारी, राहुल लुइँटेल, सुदीप लुइँटेल, नवीन रिमाल, सौरभ अधिकारी, अनिल कार्की, किरण थापामगर, साहिल गौतम , नयन रिमाल, अनुज लुइँटेल लगायत छन् ।

‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’, अभियानमा सामेल साहिल गौतमले भने, ‘यो विषम परिस्थितिमा मानवलाई मात्र होइन पशुपँक्षी तथा जीवजनावरहरुलाई पनि साथ र सहयोगको खाँचो छ, त्यो हामीले बुझेका छौं । अभियानलाई निरन्तरता दिने छौं ।’

सहयोगी हातहरुलाई अभियनमा साथ दिन आग्रह गर्दै उनले दैनिक छाक टार्न गाह्रो हुनेहरुलाई समेत आफूहरुले सहयोग गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४६ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,