कंगना भन्छिन् – भन्सालीले ‘पद्मावत्’ मा अफर गरेका थिए « Khabarhub

कंगना भन्छिन् – भन्सालीले ‘पद्मावत्’ मा अफर गरेका थिए


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कंगना रनावत प्रायः चर्चामा हुन्छिन् । फिल्म उद्योगमा उनी प्रतिभाशाली अभिनेत्रीमा त पर्छिन् नै । अर्कातिर उनी आफूलाई लागेको कुरा विना कुनै डर बोल्न सक्ने खुबी भएकी अभिनेत्रीमा पनि पर्छिन् । हालै कंगनाले एक अन्तर्वार्तामा आफ्नो फिल्म जर्नीको बारेमा बताइन् ।

उनले कुराकानीका क्रममा फिल्म ‘पद्मावत्’ का लागि सञ्जय लीला भन्सालीले आफूसँग कुरा गरेको बताइन् । उनले भन्सालीले फिल्मको स्किृप्ट सुनाएको पनि उक्त अन्तर्वार्तामा खुलाइन् ।

उनले भनेकी छिन्, ‘हो, कुराकानी भएको थियो, त्यतिबेला मैले मणिकर्णिकामा काम गरिरहेकी थिएँ, त्यसकारण यसमा अगाडि कुरा भएन, तर हामीबीच फिल्मलाई लिएर कुराकानी भएको थियो, त्यसभन्दा पहिले त उनीहरुले फिल्म गलियो की रसलीलाको गीत गरुँ ।’

फिल्म ‘पद्यावत्’ मा दीपिका पादुकोणले रानी पद्यावतीको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको अभिनयको पनि खुबै तारिफ भएको थियो । यो फिल्म बक्स अफिसमा पनि हिट साबित भएको थियो ।

यतिबेला भने कंगना तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा अभिनय गर्न लागेकी छिन् ।

उनले बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिएको भन्ने चर्चा पनि छ । कंगनाले यही फिल्मका लागि तमिल भाषा सिकिरहेकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : १५ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न