जर्मनको फुटबल लिग मे १५ मा सुरु हुने « Khabarhub

जर्मनको फुटबल लिग मे १५ मा सुरु हुने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनको फुटबल लिग बुन्डेसलिगाका शीर्ष दुई डिभिजन लिग मे १५ देखि पुन: सुचारु हुने भएका छन् ।

जर्मन फुटबल लिग (डिएफएल) ले बुन्डेसलिगाका ३६ वटै क्लबलाई लिग सुचारु हुने जानकारी गराइसकेको छ ।

नोबेल कोरोना भाइरसका कारण लिगको बीचैमा रोकिएको थियो । तर,कोरोनाको जोखिमकै बीच जर्मन सरकारले सुरक्षितसाथ लिग सुरु गर्न डिएफएललाई निर्देशन दिएको हो ।

अहिले जर्मनमा १६ राज्यहरु लिग गर्न सक्ने भन्दै ग्रिन सिग्नल देखाएका छन् भने जर्मन चान्सलर एङ्गेला मर्केल र प्रधानमन्त्रीको सल्लाहपछि यो निर्णय भएको जनाइएको छ ।

‘आजको समाचार सुखद् छ । बुन्डेसलिगाका शीर्ष दुई डिभिजन गर्ने सहमती भएको छ’ डिएफएलका प्रशासनिक निर्देशक क्रिष्टियन सेइफेर्टले भने ‘मेडिकल र सांगठानिक कुराहरुमा क्लबको पनि मुख्य उत्तरदायित्व रहन्छ ।’

क्लब प्रतिनिधि र डिएफएलबीच आजनै छलफल हुँदैछ । क्लबहरुले भने सानो सानो समुहमा केही हप्ता अगाडि देखि नैअभ्यास सुरु गरिसकेका छन् । बुन्डेसलिगा र बुन्डेसलिगा २ का खेलाडी र स्टाफहरुको अघिल्लो हप्तामात्रै कोरोना परिक्षण गरिएको थियो । जसमा १० जनामा संक्रमण भेटिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग