तस्वीरमा हेर्नुहोस्, कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन « Khabarhub

तस्वीरमा हेर्नुहोस्, कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ ।

त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन गरिएको थियो ।

सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ ।

स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा गरिएको हो । सभामुखदेखि अन्य सांसदहरुको स्वाब संकलन गरिएको थियो ।

शुक्रबारदेखि शुरु हुने संसद बैठकमा सांसदहरु बीचको दूरी कायम गरिने व्यवस्था मिलाइएको छ भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : ३८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील