राष्ट्रियसभा बैठक: सांसदहरु दुई सिट छोडेर बस्नु पर्ने, कुर्सी फेर्न नपाउने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक: सांसदहरु दुई सिट छोडेर बस्नु पर्ने, कुर्सी फेर्न नपाउने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार(भोलि) शुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय सभाका सदस्यहरुले अधिवेशन अवधिभर एकै सिटमा बस्नु पर्ने भएको छ ।

त्यस्तै सदस्यहरुले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्ने भएको छ। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै सदस्यले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

बैशाख २५ गते (आज) राष्ट्रियसभाका अध्यक्षको गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले विभिन्न ९ निर्णय गरेको छ ।

यस्ता छन् निर्णय-

१. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

२. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीय ज्यू ले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।

४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले COVID-19 रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।

माथि उल्लेखित निर्णय अनुगमनका लागि तीन सदस्यीय टोली गठन गरिएको छ । जसमा स्वास्थ्य सेवा विभाग टेकुका बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत पोख्रेल, स्वास्थ्य सेवा विभाग टेकुकी नर्सिङ अधिकृत यसोदा बराल र बरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा रहेका छन् ।

अनुगमन टोलीले प्रस्ताव गरे अनुसार बैठकका सहभागीहरुले केही नियम पालना गर्नुपर्ने छ जुन यस अनुसार रहेको छ ।
• सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।
• मेडिकल मास्कको प्रयोग बैठक अवधीभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ ।
• सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।
• सकेसम्म समूहगत छलफलन नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।
• आफूलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी।) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।
• बैठक हलबाट बाहिर निस्कनु परेमा पुन: प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।
• बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : ३० बजे

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका