लगानी सम्मेलन : द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा महानिर्माण –मन्त्री बाँस्कोटा « Khabarhub

लगानी सम्मेलन : द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा महानिर्माण –मन्त्री बाँस्कोटा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई टेवा पुर्‍याउने लक्ष्यसहित लगानी सम्मेलनको आयोजना गरेको स्पष्ट पारेका छन् ।

मन्त्रीपरिषद्का निर्णय बारे जानकारी दिन विहीबार मन्त्रालयमा  आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा अब संरचना सुधारको प्रयत्न जारी राख्नुपर्ने र यसको उपयुक्त वातावरण नै यही भएका कारण लगानी सम्मेलनको आयोजना गरिएको बताएका हुन् ।

सम्मेलनमा सरकार, निजी र विदेशी लगानीकर्ताको त्रीपक्षीय साझेदारीले मुलुकमा लगानीको वातावरण सुनिश्चित हुने उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले सम्मेलनमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ता आउने विश्वास राख्दै त्यतिनै संख्यामा एनआरएन र स्वदेशी लगानीकर्ताको उपस्थिति रहेने विश्वास रोखे ।

४० देशका लगानीकर्ता आउने सुनिश्चितिता भइसकेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले अब अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्ने बताए । सम्मेलनमा १२ देखि १५ वटा विभिन्न समझदारी पत्रमा हस्ताक्षेर हुने समेत जानकारी दिए ।

सम्मेलनलाई लक्षित गरी लगानीसम्बन्धी ऐन संशोधन, पुनर्निमार्ण गरिसकिएको जानकारी दिँदै नेपालमा लामो राजनीतिक संक्रमण र राजनीतिक संघर्ष पश्चात स्थापना भएको गणतन्त्रमा अब महानिर्माणको अभियानमा सामेल हुनु जरुरी रहेको उल्लेख गरे ।

उनले भने ‘ नेपालमा लगानीको वातावरण छ, लगानीकर्ताहरुको लगानी सुरिक्षत, लाभ तथा सुरक्षा र भौतिक सुरक्षा अब हामीले गर्नपर्छ, हामी परनिर्भर हुन चाहानौं, एक्लै केही गर्न सक्दैनौं, त्यसैले सवैको साथ र सहयोग  अपरिहार्य रहन्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ५१ बजे

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र