पारा एथलेटिक्समा तेजबहादुर घर्ती पहिलो « Khabarhub

पारा एथलेटिक्समा तेजबहादुर घर्ती पहिलो


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा शनिबार पहिलो भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल पारा एथलेटिक्स संघको समन्वयमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गतर्फ १ सय मिटर दौडको पुरुषमा सुजन महर्जन र महिलामा राधिका थापा तथा सफ्टबल थ्रोको पुरुषमा मुकेश महर्जन र महिलामा रीता दुबाल पहिलो भएका हुन् ।

बहिर क्षेत्रतर्फ १ सय मिटर दौडको पुरुषमा राजबहादुर बुढा र महिलामा शिल्पाकुमारी कर्ण, २ सय मिटर दौडको पुरुषमा सन्तोष नेपाल र महिलामा शिल्पाकुमारी कर्ण तथा ४ सय मिटर दौडको पुरुषमा अजय कर्ण पहिलो भएका थिए ।

शारीरिक अपाङ्गतर्फ पुरुष ज्याभ्लिन थ्रोमा कुमार कार्की, पुरुष व्हीलचेयर सटपुटमा श्यामबहादुर रावल र महिला व्हीलचेयर सटपुटमा यममाया मगरले स्वर्ण जिते ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ४८ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली