पारा एथलेटिक्समा तेजबहादुर घर्ती पहिलो « Khabarhub

पारा एथलेटिक्समा तेजबहादुर घर्ती पहिलो


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा शनिबार पहिलो भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल पारा एथलेटिक्स संघको समन्वयमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गतर्फ १ सय मिटर दौडको पुरुषमा सुजन महर्जन र महिलामा राधिका थापा तथा सफ्टबल थ्रोको पुरुषमा मुकेश महर्जन र महिलामा रीता दुबाल पहिलो भएका हुन् ।

बहिर क्षेत्रतर्फ १ सय मिटर दौडको पुरुषमा राजबहादुर बुढा र महिलामा शिल्पाकुमारी कर्ण, २ सय मिटर दौडको पुरुषमा सन्तोष नेपाल र महिलामा शिल्पाकुमारी कर्ण तथा ४ सय मिटर दौडको पुरुषमा अजय कर्ण पहिलो भएका थिए ।

शारीरिक अपाङ्गतर्फ पुरुष ज्याभ्लिन थ्रोमा कुमार कार्की, पुरुष व्हीलचेयर सटपुटमा श्यामबहादुर रावल र महिला व्हीलचेयर सटपुटमा यममाया मगरले स्वर्ण जिते ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ४८ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ