दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गरेन : महतो | Khabarhub Khabarhub

दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गरेन : महतो


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले वर्तामान दुई तिहाइको सरकार दुई कौडीको भएको आरोप लगाएका छन् ।

शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले दुई तिहाइको सरकारले जनताका लागि दुई कौडीको पनि काम नगरेको अरोप लगाएका हुन् ।

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको आरोप थियो ।
सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको उनको भनाइ थियो ।

जनता महामारीबाट पीडित रहेको बेलामा सरकार भ्रष्टाचार र अरुको पार्टी फुटाउन लागेको आरोप लगाए । उनले सरकार आफैं सांसदको अपहरणमा लागेको आरोप लगाए ।

‘जनता महामारीबाट मरिरहेको छ। पीडित छ। खान पाएको छैन। उपचार पाएको छैन। स्वास्थ्य सामाग्री पाएको छैन। यहाँ त अर्कै धन्दा भैराखेको छ’ उनले भने,’ सरकार अर्को धन्दामा पो लागेको रहेछ। पार्टी फोड्ने ? सांसद जोड्ने धन्दामा जनताको पीडा कम हुन्छ ? अपहरण गर्ने ? सांसद अपहरण गर्ने ? के हो यो ?’

उनले कोरोना भाइरसबाट जनता त्रसित भएको भन्दै परीक्षणको दायरालाई बढाउन माग गरे । परीक्षण कम भएका कारण संक्रमितको संख्या कम भएको भएपनि सरकारी पक्षले जम्मा १०१ जना त हो नि भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको उनको आरोप थियो ।
कछुवागतिमा भइरहेको परीक्षण बढाउनुपर्ने उनले बताए ।

‘एकै परिवारका १७ जनालाई देखिएको छ’, महतोले भने, ‘दलका नेताले भन्दियो १०१ न हो संक्रमित। कति गर्‍यो जाँच ? विदेशबाट आएका जतिको जाँच गर्‍यो ? छैन। एउटा परिवारबाट १७ निस्कन्छ। कछुवाको गतिमा कोरोना टेस्ट गर्ने अनि छैन भनेर पीठ थपथपाउने। यो धन्दा ठिक भएन। व्यापक परीक्षण गराउनुपर्छ’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ४१ बजे

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन