बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा | Khabarhub Khabarhub

बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोग कब्जा गर्ने तथा अरु पार्टीहरुलाई फुटाउने उद्देश्यले २ वटा अध्यादेश ल्याएको तथा पार्टी फुटाउन सांसदकै ‘अपहरण’ गर्न लगाएर गल्ती गरेको डा भट्टराईको भनाइ छ ।

‘लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं । यो व्यवस्था असफल हुँदा हामी सबै असफल हुन्छौं । आरोप प्रत्यारोपभन्दा पनि हामी सबैले आत्म समीक्षा गरौं,’ डा. भट्टराईले भने, ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, यदि उहाँले साँच्चै नै आत्म निरीक्षण र आत्मालोचनाको प्रक्रिया शुरु गर्नु भएको हो भने नैतिकता प्रदर्शन गर्नु आवश्यक छ ।’

डा भट्टराईले प्रधानमन्त्रीले लोकतन्त्रको छविलाई बचाउनका लागि अहिलेको सन्दर्भमा राजीनामा दिनु नै उपयुक्त विकल्प भएको बताए ।

‘कुर्सीमा बसेर, सत्ताको प्रयोग गरेर ठूलो भइँदैन । नैतिक आचरण ठूलो हुनु पर्छ । यसका निम्ति प्रधानमन्त्रीमा मेरो आग्रह छ तपाईं जुन उचाइमा पुग्नु भएको छ त्यहाँ रहनुहोस् । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनु पर्छ,’ भट्टराईले भने, ‘लोकतन्त्रको छविलाई बचाएर तपाईंले आफ्नै छविलाई बचाउन राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो उचित निकास हुन्छ ।’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ४१ बजे

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन