राष्ट्रिय सभामा बैठकमा तीन अध्यादेश पेश « Khabarhub

राष्ट्रिय सभामा बैठकमा तीन अध्यादेश पेश


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियस भामा बैठक प्रारम्भ भएकै दिन शुक्रबार तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरे ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गरिन् ।

शोक प्रस्ताव पारित

वैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो । नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहनुभएका उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको हो ।

बैठकले दुवै जनाको निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ३७ बजे

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख