एमबाप्पेले जिते फ्रेन्च लिग वानको गोल्डेन बुट | Khabarhub Khabarhub

एमबाप्पेले जिते फ्रेन्च लिग वानको गोल्डेन बुट


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ ।

एमकाप्पेले लगातार दोस्रो सिजन फ्रेन्च पलग वानको गोल्डेन बुट जित्न सफल भएका हुन् । कोरोना भाइरस (कोभिड–१९)का कारण सिजन रद्द भएसँगै लिग डि फुटबल प्रोफेसनल (एलएफपी)ले पीएसजीलाई नै अघिल्लो साता च्याम्पियन घोषणा गरेको थियो ।

फ्रान्स सरकारले आगमी सेप्टेम्बरसम्म खेलकुदका कुनै पनि गतिविधि गर्न रोक लगाएपछि एलएफपीले लिग वान र लिग टु रद्द भएको घोषणा गरेको थियो ।

२१ वर्षे एमबाप्पेले अघिल्लो सिजन पनि गोल्डेन बुट जितेका थिए । उनले अघिल्लो सिजन २९ खेलमा ३३ गोल गरेका थिए । यो सिजन फ्रान्स तथा मोनाकोका विसाम बिन यडरसँग समान १८ गोल भए पनि प्रतिखेलमा गोलको आधारमा एमबाप्पेलाई गोल्डेन बुट प्रदान गरिएको हो ।

विश्व विजेता एमबाप्पेले यडरको तुलनामा ओपन प्लेबाट बढी गोल गरेका थिए । यडरको १८ गोलमा तीन पेनाल्टी समावेश छ । जब कि एमबाप्पेले सबै गोल ओपन स्पेसबाटै गरेका छन् ।

यस्तै, एमबाप्पे यडरको तुलनामा प्रतिखेलमा बढी गोल गर्नमा पनि अघि छ । उनले लिग वानको २० मध्ये १८ खेलमा गोल गरेका छन् । यडरले २६ खेलमा १८ गोल गर्न सफल भएका थिए । एमबाप्पेको प्रतिखेल ०.९ रहँदा यडरको ०.६९ रहेको छ । एमबाप्पेले यो सिजन पीएसजीका लागि ३० खेलमा ३३ गोल गरेका छन् ।

पछिल्लो समय एमबाप्पेले पीएसजी छाड्ने चर्चा सुरु भएको छ । उनलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गर्ने प्रयास गरिरहेका छन् । तर, कोरोनाका कारण हुन सक्ने आर्थिक मन्दीलाई ध्यानमा राख्दै रियलले अर्को सिजन मात्रै अनुबन्ध गर्ने बुझिएको छ ।

यता, एमबाप्पेले पनि पीएसजीसँग आफ्नो रिलिज क्लज मागेका छन् । उनले आफ्नो भविष्य सुनिश्चिताका लागि रिलिज क्लज माग गरिएको बुझिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ५० बजे

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण