आन्दोलन गर्ने चिनियाँलाई दूतावासले भन्यो- नेपालको नियम कानून मान्नु « Khabarhub

आन्दोलन गर्ने चिनियाँलाई दूतावासले भन्यो- नेपालको नियम कानून मान्नु


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबारमा चिनियाँ नागरिक र नेपाल प्रहरीबीच झडप भएपछि चिनियाँ दूतावासले नेपालको नीति नियम पालन गर्न आफ्ना देशका नागरिकलाई अनुरोध गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै घर फर्कन पाउनुपर्ने माग राख्दै सिंहदरबारमा प्रदर्शन गर्ने चिनियाँहरुलाई नेपालको नीति–नियम पालना गर्न आग्रह गरेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ ।’

यो पनि पढ्नुहोस्

सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)

चिनियाँ दूतावास र नेपाल प्रहरीको सहकार्यमा सिंहदरबारमा शुक्रबार भएको चिनियाँ नागरिकको विरोध प्रदर्शनसम्बन्धी घटनाको सम्बोधन गरिएको दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै आफ्ना देशका नागरिकलाई संयम हुन आग्रह गरेको हो ।

जारी विज्ञप्तिमा सीमित उडान सामथ्र्यका कारण आफ्ना केही नागरिक अझै नेपालमै अलपत्र परेको र ३१ मेइ सम्मका लागि नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान रद्द गरेपछि ती नागरिकले घर फर्कन पाउनुपर्ने माग विभिन्न च्यानलमार्फत गरेको उल्लेख छ ।

दूतावासका प्रवक्ताले विविध कठिनाइका कारण नेपालमा अलपत्र परेका झन्डै ३ सय ४० जनालाई घर फर्काइएको बताएका छन् ।

यस विषयमा नेपाली पक्षसँग संवाद भइरहने र नेपाल र चीनले एकअर्कालाई बुझेर लकडाउन नियमका कारण उत्पन्न विभिन्न घटनालाई संयुक्त रुपमा सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ दूतावासले लकडाउनको समयमा नेपालको नीतिनियम पालना गर्नका लागि चिनियाँ नागरिकलाई पटक–पटक स्मरण गराएको छ र अनाश्यक रुपमा बाहिर ननिस्कन भनेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : २१ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल