रातको समयमा दाहसंस्कार गर्न रोक « Khabarhub

रातको समयमा दाहसंस्कार गर्न रोक


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनसमेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो ।

सुरक्षाका हिसाबले पनि राति उपयुक्त नहुने उनको भनाइ छ । उनले भने, “रातको समय गङ्गा विश्रामको समय पनि हो । शास्त्रीय मान्यताअनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन ।”

राति एकाएक नदी बढ्न सक्ने र शङ्कास्पद शव आउन सक्ने भएकाले रातको समयमा दाहसंस्कार रोकिएको हो । समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ । दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको छ ।

त्यसवापत एउटा शवको रु तीन हजार ५०० दाउरा र रु ५०० वातावरण शुल्क लिने गरेको छ । अति गरिबका लागि निःशुल्क गरिँदै आएको छ । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ ।

शव घट्यो

लकडाउनसँगै दाहसंस्कारका लागि आउने शव आधाभन्दा कम भएको छ । पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी शव दाहसंस्कारका लागि ल्याउने गरेको भए पनि अहिले यो सङ्ख्या सातको हाराहारीमा झरेको छ । देवघाटमा मुख्यरुपमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ ।

समितिले दाहसंस्कारका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ । यद्यपि अटेर गर्ने गरिएको पौडेलले बताए । उनले अहिलेको विसम परिस्थितिमा थोरै सङ्ख्यामा आएर अन्त्येष्टि गर्न सबैसँग आह्वान गरिएको पनि जानकारी दिए ।

समितिको असन्तुष्टि

देवघाटमा दाहसंस्कारका लागि आउने मलामीले न्यूनतम आचरणसमेत पालना नगरेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गरे । उनका अनुसार मलामी आउनेहरु शोक मुद्रामा हुनुपर्नेमा मलामीले मदिराको भट्टी पसलसमेत खोज्दै हिँड्ने गरेको पाइन्छ ।

उनले भने, “देवघाटको गरिमा मर्‍यादा र आचरणको ख्याल गर्नु पर्‍यो ।” अन्त्येष्टिपछि फर्कंदा गङ्गामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उनको भनाइ छ ।

धार्मिक विधिअनुसार मलामी गएकाहरुले चोखो बसेर एक छाक छाड्नु पर्ने भन्दै उनले ती पूरै कर्म पूरा गर्न नसके पनि न्यूनतम कर्म भने भुल्न नहुने बताए ।

शवसँगै फोहर बढ्यो

देवघाटमा दाहसंस्कारसँगै फोहर धेरै आउने गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार एउटा शव ल्याउँदा एक ट्र्याक्टरसम्म शवजन्य फोहर आउने गरेको छ । फोहर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकासँग सहकार्य गरेर त्यहाँ फोहर सङ्कलन केन्द्र निर्माण गरिएको छ ।

हप्तामा दुईपटक महानगरले फोहर उठाएर बिसर्जन गर्ने गरेको घिमिरेले बताए । उनका अनुसार कुनै पनि फोहर गङ्गामा फाल्न पाइँदैन । सकेसम्म नदीलाई प्रदूषण हुनबाट रोक्ने काम भइरहेको छ । दाहसंस्कारका लागि आउने मलामीलाई माइकिङमार्फत नियमित सन्देश प्रवाह गरिँदै आएको छ । धार्मिक मान्यताअनुसार देवघाटमा अन्त्येष्टि गरिएमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : १० बजे

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन

भद्रपुर– झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो