प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन « Khabarhub

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ ।

शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे ।

उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए ।

उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएका युवाह?लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उक्त सडक बनाएको विरोधमा सत्ता?ढ दल सम्बध्ध केही युवाले भारतीय दूतावास अघि प्रदर्शन गरेका थिए ।

भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत ३३ जना पक्राउ परेका हुन् ।

नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ३५ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको