प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ ।

शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे ।

उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए ।

उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएका युवाह?लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उक्त सडक बनाएको विरोधमा सत्ता?ढ दल सम्बध्ध केही युवाले भारतीय दूतावास अघि प्रदर्शन गरेका थिए ।

भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत ३३ जना पक्राउ परेका हुन् ।

नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ३५ बजे

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि