माल्टाको जलक्षेत्रमा अपहरणमा परेको ट्यांकर मुक्त « Khabarhub

माल्टाको जलक्षेत्रमा अपहरणमा परेको ट्यांकर मुक्त


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भलेटा– भूमध्यसागरमा रहेको टापु मुलुक माल्टाको फौजले आप्रवासीले अपहरण गरेको मालवाहक ट्यांकर मुक्त गरेको छ । लिबियाको तट पारीबाट अपहरणमा परेको ट्याङ्करलाई माल्टाको सेनाले नियन्त्रणमा लिएर भलेटाको बन्दरगाह पुर्‍याएको हो ।

लिबियाको तटपारी अलपत्र परेका आप्रवासीको उद्धार गर्न पुगेको ट्याङ्करलाई आप्रवासीले अपहरण गरेका थिए । अलपत्र परेका उनीहरुले आफूलाई लिबिया नै फिर्ता गर्न लागिएको चाल पाएर ट्यांकर अपहरण गरेका थिए ।

ट्याङ्करमा १ सय ८ आप्रवासी रहेको बताइएको छ । माल्टाका प्रहरीले अपहरणमा संलग्न भनिएका ४ जनालाई पक्राउ गरेको छ भने अन्य आप्रवासीलाई ट्याङ्करबाट उतारेर बसमा चढाएर अन्यत्र पठाएको जनाइएको छ ।

लिबियाबाट माल्टाको जलक्षेत्रमा आएका ट्याङ्करलाई माल्टाको जलसेनाले रोक्ने प्रयास गरेको थियो । तर, ट्याङ्करका क्याप्टेनले ट्यांकर आफ्नो नियन्त्रणमा नरहेको र आप्रवासीहरुले आफूलाई धम्की दिइरहेको बताएपछि माल्टाको सेनाले कारवाही गरी ट्यांकर आफ्नो नियन्त्रणमा लिएर राजधानी भलेटाको बन्दरगाह पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : ०२ बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।