सेनाको हेलिकोप्टरमार्फत अछामबाट सुत्केरी महिलाको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरमार्फत अछामबाट सुत्केरी महिलाको उद्धार


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछामकी एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि नेपालञ्ज ल्याइएको छ ।

अत्याधिक रक्तश्राव भएपछि रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बाँकेको कोहलपुर मेडिकल अस्पतालमा ल्याइएको हो ।

२५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका खबर गरेलगत्तै मन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको हो ।

अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका दूर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

हालसम्म १०१ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाइकी प्रमुख अन्जु ढुंगानाले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : २२ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित