लिपुलेकमा बनाइएको सडक आफ्नै भूमिमा भएको भारतको दावी | Khabarhub Khabarhub

लिपुलेकमा बनाइएको सडक आफ्नै भूमिमा भएको भारतको दावी


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ ।

नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले उक्त सडक आफ्नै भूमिमा बनेको दावी गरेको हो ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  पनि संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए ।

नेपाली पक्षको उक्त प्रतिक्रियालगत्तै भारतीय विदेश मन्त्रालयले शनिबार साँझ वक्तव्य जारी गर्दै उक्त सडक यसअघि मानसरोवर यात्राका लागि तीर्थयात्रीहरुले प्रयोग गर्दै आएको क्षेत्र नै भएको दावी गरेको छ ।

लिपुलेकको क्षेत्रमा भारतले बनाएको सडक

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको स्मरण गराउँदै उसले कूटनीतिक संवादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

दुबै मुलुक कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित गुन्जी क्षेत्रबाट लिपुलेक पुग्न भारतले सडक बनाएपछि नेपालमा विरोध सुरू भएको हो ।

यस्तो छ भारतले शनिबार निकालेको विज्ञप्ति 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : २४ बजे

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल