वित्तीय क्षेत्रका कार्यालय आजदेखि आंशिकरुपमा खुल्ने, सबै सरकारी कार्यालय नखुल्ने « Khabarhub

वित्तीय क्षेत्रका कार्यालय आजदेखि आंशिकरुपमा खुल्ने, सबै सरकारी कार्यालय नखुल्ने

कार्यालयमा एकतिहाई कर्मचारीलाई मात्र बोलाइने


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् ।

गत २४ वैशाखको मन्त्रिपरिषद निर्णय अनुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउँने प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण विडारीले जानकारी दिए ।

विडारीले भने ‘अत्यावश्यक सेवा ऐनले निर्देश गरेका अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा संस्थान आजबाट सञ्चालनमा आउनेछन् । त्यसमा पनि सामाजिक दूरी कायम राखी एकतिहाइ कर्मचारीलाईमात्र परिचालन गरी सरकारी कार्यालय सञ्चालन गरिनेछन् ।’

विडारीका अनुसार आजबाट खानेपानी आपूर्ति, खाद्य संस्थान, टेलिफोन, बिजुली, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय तथा संस्थान आजदेखि सञ्चालनमा आउने छन् ।

उनले भने, ‘अहिले आम सर्वसाधारणलाई सहज होस भन्ने उद्देश्यले नभइ नहुने सेवाका क्षेत्र खुल्नेछन् । अहिले आवश्यक नभएका सरकारी कार्यालय भने खुलाइने छैन् ।’

ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको विडारीले बताए ।

यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय आंशिक सञ्चालनमा आउनेछन् । ‘अवस्था हेरेर कार्यालको आवश्यकता अनुसार निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काम सञ्चालन गर्ने हो तर सेवाग्राही बोलाउने गरी ती कार्यालय सञ्चालन हुने होइनन्,’ उनले भने ।

सरकारले कोरोनाको संक्रमण फैलन नदिन ११ चैतदेखि जारी गरेको लकडान आगामी ५ जेठ सम्म तय भएको छ । लकडाउन जारी गर्दा अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ०२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड