भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि संवाद हुन्छ - गृहमन्त्री थापा | Khabarhub Khabarhub

भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि संवाद हुन्छ – गृहमन्त्री थापा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर सडक नै निर्माण गरेको विषयमा चीन सरकारसँग पनि संवाद गरिने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले नेपाली भूमि अतिक्रमण गर्दै भारतले तिब्बतको मानसरोबर जोड्ने नयाँ सडक निर्माण गरेकोबारे चीनसँग पनि संवाद हुने जानकारी गराएका हुन् ।

भारतले चीनको सहमतिमा नेपाली भूमि हुँदै व्यापारिक नाका खोलेकाले नेपालले चीनसँग पनि यस विषयमा कुरा गर्ने प्रष्ट पारेका हुन् ।

‘चीनसँग व्यापारिक नाका खुल्ने भएकाले अहिले यो विवादित र संवेदनशील विषय भएको छ,’ उनले भने, ‘चीनसँग पनि कुरा गर्नुपर्छ ।’

पहिलेका शासकहरुले गरेको गल्तीका कारण अहिलेको पुस्ताले पीडा भोग्नुपरेको उनको भनाई छ ।

भारतले चीनबाट बच्नका लागि नेपालको सीमामा सेना राख्ने अनुमति माग्दा तत्कालीन शासकहरूले अनुमति दिएर गम्भीर गल्ती गरेको र त्यसैको परिणाम आज खेप्नु परेको थापाको भनाई छ ।

यद्यपी अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन नेपालले कुटनीतिक पहल गर्ने र त्यो पनि सम्भव नभए सुगौली सन्धिको एउटा हस्ताक्षरकर्ता बेलायत पनि भएकाले उसँग पनि कुरा गरेर भारतसँग देखिएको सीमा विवाद हल गरिने उनले प्रष्ट पारेका छन् ।

भारतले यही बैशाख २६ गते शुक्रबार पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरू भई चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको ७८ किलोमिटर सडकले नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रसमेत अतिक्रमण गरेको छ । यो विषयमा अहिले संसदमा समेत छलफल भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ११ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ