निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई जना पक्राउ | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई जना पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   अन्य पत्र-पत्रिकाले झैँ आजको राजधानी दैनिकले पनि आजबाट काठमाडौंमा शुरु हुने लगानी सम्मेलनको समाचारलाई नै प्राथमिकताका साथ छापेको छ । पत्रिकाले लगानी सम्मेलनमा निजी क्षेत्रको २७ आयोजनाहरुमा सिमेन्ट उद्योगदेखि केबुलकारसम्म रहेको जनाएको छ ।

त्यसैगरी पत्रिकाले निष्क्रिय खातामाथि कडाई शीर्षकमा नेपाल राष्ट्र बैंकले निष्क्रिय खातामा कर्डा गर्न लागेको उल्लेख गरेको छ । कल र चल्ती खाता ६ महिनासम्म र बचत खाता तीन वर्षसम्म नचलाए निष्क्रिय हुने उल्लेख गरेको छ ।

राजधानीले पहिलो पृष्ठमै कर्मचारी समायोजना प्रक्रिया सम्पन्न भएको समाचारलाई पनि छापेको छ । समायोजनाको अवस्था संघमा स्वीकृत ४८४०९, समायोजन ३९९६०, त्यसैगरी स्थानीय तहमा स्वीकृत ६६९०८, समायोजना ४३८०७ र प्रदेशमा स्वीकृत २२२९७, समायोजना १३८२१ रहको जनाएको छ ।

त्यसैगरी निर्मता हत्या प्रकरणको समाचालाई पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ। कञ्चनपुरकी १३ वर्षीया  निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले पछिल्लो पटक अछामबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । यसअघि अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनय जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि अहिले प्रहरीले सूचना गोप्य राखेको छ ।

त्यसैगरी पत्रिकाले कर्मचारीतन्त्र र भ्रष्टाचारको पारो शीर्षकमा आजको सम्पादकीय लेखेको छ । हाम्रा कर्मचारी र जनप्रतिनिधि जनताका काम गर्न र प्रभावकारी सेवा प्रवाह गर्न खासै ध्यान दिँदैनन् । बरु उनीहरुको ध्याउन्न कसरी हुन्छ कमिसन खाने र पैसा कमाउने भन्नेमा नै बित्ने गरेको छ ।

कुर्ची, सत्ता र शक्तिमा बस्नेहरुमा विगतदेखि नै इमानदारिताको संकट पर्दै आएको छ । धन देखिपछि महादेवका तीन नेत्र भन्ने उखान जनप्रतिनिधि र कर्मचारीका हकमा चरितार्थ हुँदै आएको आसय व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : १३ बजे

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ

ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ

मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको

छापाखानासम्बन्धी नियमावलीमा समावेश केही प्रावधानप्रति महासङ्घको असहमति

काठमाडौं– नेपाल पत्रकार महासङ्घले सरकारले छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन)