आजदेखि लगानी सम्मेलन, ४० देशका ६ सय बढी सहभागी | Khabarhub Khabarhub

आजदेखि लगानी सम्मेलन, ४० देशका ६ सय बढी सहभागी



काठमाडौँ । सुखी नेपाली समृद्ध नेपालको नारासहित गठन भएको सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज (शुक्रबार)बाट शुरु भएको छ । दुईदिनसम्म काठमाडौँमा चल्ने सम्मेलनमा ४० देशका ६ सय लगानीकर्ता सहभागी हुँदैछन् । सम्मेलनका क्रममा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनामा लगानी प्रस्ताव गर्ने तयारी छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डाक्टर रामशरण महतसहित, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, विश्व बैकका उपाध्यक्ष, एसियाली विकास बैकका उपाध्यक्षसहित अन्य ३ जनाले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्र सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य र अर्थ मन्त्रालयका सचिवले नेपालमा लगानीको सम्भावनाका विषयमा जानकारी गराउनेछन् । त्यसपछि अन्य मन्त्रीहरुले नेपालको विभिन्न क्षेत्रमा भएको लगानीको सम्भाव्यताको जानकारी गराउने र छलफलमा सहभागी हुने कार्यतालिका तय भएको छ ।

यस्ता छन् सोकेसमा राखिने आयोजना

सरकारी तवरबाट लगानीका लागि आह्वान गर्ने परियोजनामा सबैभन्दा धेरै कृषिक्षेत्रसँग सम्बन्धित छन् । जलविद्युत् परियोजनातर्फ पश्चिम सेती, तल्लो तमोर, सुनकोशी दोस्रो र तेस्रो आयोजनामा लगानीको प्रस्ताव आह्वान गरिएको छ । त्यस्तै शिक्षा तथा प्रविधिक्षेत्रका लागि गण्डकी प्राविधिक विश्वविद्यालयसहित ३ वटा आयोजना सोकेसमा छन् ।

कृषि क्षेत्रका लागि सोकेसमा राखिएका परियोजना सबै प्रदेशमा एक–एकसहित ८ वटा राखिएका छन् । सबै प्रदेशका विभिन्न स्थानका लागि प्रस्ताव गरिएका परियोजनामा कृषिजन्य बस्तु उत्पादन, भण्डारण र विक्रि वितरणलाई उच्च प्राथमिकतामा राखिएको छ ।

त्यस्तै औद्योगिक भौतिक पूर्वाधार विकासका लागि सिमरामा विशेष आर्थिक क्षेत्र, बाँके र रुपन्देहीको मोतिपुरमा औद्योगिक पार्क निर्माणको कामलाई पनि सोकेसमा राखिएको छ । पर्यटन व्यवसाय प्रवर्धनका लागि से–फोक्सुण्डोमा लक्जरी होटल निर्माण गर्नेदेखि मनाङ र दोलखामा निर्माण गर्ने भनिएको फिल्म सिटिसहित १० वटा परियोजना समावेश गरिएका छन् । यातायात तथा हवाई उड्डयन पूर्वाधारका लागि रामग्राम–तिलौराकोटमा वुद्धिस्ट सर्किट निर्माणदेखि निगजढ अन्तर्राष्ट्रिय बिमानस्थल, धनगढी क्षेत्रिय विधानस्थलसहित विभिन्न ११ वटा आयोजना सोकेसमा राखिएका छन् ।

नेपालको विकासका लागि नीजि क्षेत्रको योगदानलाई संवैधानिक रुपमै व्याख्या गरिएका कारण नेपाल लगानीका लागि उपयुक्त स्थान भएको सरकारी दाबी छ

धुलिखेल, बुटबल, जितपुर सिमरा, रत्ननगर चितवन, जनकपुरमा फोहर व्यवस्थापन परियोजनासहित हेटौँडा स्मार्टसिटी निर्माण र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणसहित विभिन्न ७ वटा परियोजना शहरी विकास आयोजनाका रुपमा राखिएको छ ।

नीजि क्षेत्रबाट भने सिमेण्ट कारखानासहित विभिन्न जलविद्युत परियोजनाका लागि लगानी आह्वान गर्ने तयारी छ । विशाल, आइएमई र गरुढ सिमेण्ट कारखाना निर्माणको परियोजनाहित सिक्लेस अन्नपुर्ण केवलकार, माथिल्लो चमेलिया, भोटेकोशी–५ लगाएतका परियोजना नीजि क्षेत्रबाट राख्ने तयारी भएको छ ।

पछिल्लो एक दशकमा ५ प्रतिशतभन्दा बढि कुल गार्हस्थ उत्पादन बढेको, नेपालमा लगानी गर्ने सबैको सम्पत्तीको हकसम्बन्धी व्यवस्था संवैधानिक रुपमै ग्यारेण्टी गरिएको, प्रतिव्यक्ति आयसमेत पछिल्लो एक दशकमा ८ प्रतिशतभन्दा बढेको र नेपालको विकासका लागि नीजि क्षेत्रको योगदानलाई संवैधानिक रुपमै व्याख्या गरिएका कारण नेपाल लगानीका लागि उपयुक्त स्थान भएको सरकारी दाबी छ ।

कानूनी प्रावधान बाधक ?

कानूनी झमेलाका कारण लगानी गर्न हिच्किचाएको भन्ने गुनासोकाबीच विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नीजि तथा सार्वजनिक साभेदारी ऐनसमेत संसदबाट पारित भइसकेको छ । यो अवस्थामा लगानीको सुरक्षासँगै कमाई विदेशमा लैजान पाइने व्यवस्थाका कारणसमेत लगानी योग्य स्थान रहेको सरकारी दाबी छ ।

त्यसबाहेक कम्पनी दर्तादेखि अन्य कानूनी प्रक्रिया पुरा गर्ने भन्दै एकविन्दु प्रणालीको शुरुवात गर्ने भनिएपनि अहिलेसम्म उद्योग विभागमा त्यो प्रक्रिया शुरु हुन सकेको छैन । अर्कोतर्फ सरकारी तथ्याङ्कअनुसार चालु वर्षमा चालु खाता र वित्तिय घाटा (ट्विन डेफिसिट) व्यहोरेको छ । यस्तो अवस्थामा नीजि क्षेत्रले कसरी ढुक्कसँग लगानी गर्न आकर्षित हुन्छ भन्ने कुरा महत्वपुर्ण छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : २४ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास