पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो « Khabarhub

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५९ पुगेको हो ।

पाकिस्तानमा एकैदिन थप १ हजार ५९८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० हजार ३३४ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये ८ हजार ६३ जना उपचारपछि निको भएका छन् । २१ हजार ६१२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : २१ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही