साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २४६ जनाको मृत्यु « Khabarhub

साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २४६ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण साउदी अरेबियामा २४६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४६ पुगेको हो ।

एकैदिन थप १ हजार ९१२ जनामा कोरोनाको संक्रमण देखिएसँगै साउदीमा कोरोना संक्रमितको संख्या ३९ हजार ४८पुगेको हो ।

साउदीमा हालसम्म ११ हजार ४५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २७ हजार ३४५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण उनीहरुलाई नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ३३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति