परीक्षा रद्द भएपछि विद्यार्थी सडक आन्दोलनमा « Khabarhub

परीक्षा रद्द भएपछि विद्यार्थी सडक आन्दोलनमा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-प्रदेश नम्बर २ मा एक पछि अर्को गरी प्रश्न पत्र बाहिरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा निस्किएका छन् । आज (शुक्रबार) सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले प्रश्न पत्र बाहिरिएपछि जिम्मेवार निकायलाई कडा कारबाहीको माग राख्दै सिरहाको चोहर्वा र लाबन्दीमा सडक अवरुद्ध गरेका छन् । परीक्षापत्र बाहिरिनुमा दोषी विद्यार्थी नभएको भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नमिल्ने उनीहरुले बताएका छन् ।

प्रदेश नम्बर– २ मा माध्यमिक शिक्षा परीक्षामा चरम लापरबाही देखिएको छ । विगतका वर्षहरुमा तराईका जिल्लामा अधिक मात्रामा चिट चोरेका घटना सार्वजनि हुने गरेको भए पनि यो वर्ष भने लगातार दुई दिन प्रश्न पत्र बाहिरिएको घटना सार्वजनिक भएको हो ।

बिहीबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको थियो भन शुक्रबार पनि सामाजिक विषयको परीक्षा रद्द गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ४१ बजे

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।