अमेरिकामा पढिरहेका गगनले भने– फेरि पढ्न पाउँदा रमाइलो लागेको छ « Khabarhub

अमेरिकामा पढिरहेका गगनले भने– फेरि पढ्न पाउँदा रमाइलो लागेको छ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न गएका नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कक्षामा फर्कन पाउँदा आफूले युवा महशुस गरेको बताएका छन् ।

२ साताको अध्ययनका लागि अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हावर्ड केनेडी स्कुलमा अध्ययन गर्न थापा अहिले अमेरिकामा छन् । उनले त्यहाँ“एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्ने छन् ।

उनले आफूलाई पुन अध्ययन गर्न पाउँदा अत्यन्तै रमाइलो लागेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले गगन थापाले अध्ययन गरिरहेको तस्वीर समाजिक सञ्जालमा पोस्ट गर्दै थापाको प्रतिक्रिया समेत राखेको छ ।

‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ’ थापाले भने,‘सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशुस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।’

नेपाालस्थित अमेरिकी दूतावासले लेखेको छ ‘हामी वहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।’

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ५७ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न