आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्दै | Khabarhub Khabarhub

आजदेखि दैनिक २ घण्टा सेयर बजार खुल्दै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन भएको ५० औँ दिनमा आजदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ ।

विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ ।

कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।

गत चैत १० गतेदेखि बन्द रहेको शेयर बजार सुचारु गर्नका निम्ति नेपाल सरकारको निर्णय बमोजिम कुल कर्मचारीको एक तिहाई कर्मचारीहरु आलोपालो उपस्थित भई कार्यालय सञ्चालन गर्न लागिएको हो ।

बोर्डमा गत शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०४ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य