सम्पर्कबिहीन बनेका प्रहरी जवान मृत भेटिए | Khabarhub Khabarhub

सम्पर्कबिहीन बनेका प्रहरी जवान मृत भेटिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सिम्ता गाउँपालिकामा ड्युटीमै रहेका बेला सम्पर्कबिहीन बनेका एक प्रहरी जवान मृत फेला परेका छन् ।

आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए ।

उनको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटर पर भेटिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनी राति २–३ बजेसम्मको ड्युटीमा खटिएका थिए । खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कबिहीन भएका थिए ।

कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा उनको शव फेला परेको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको र कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : २४ बजे

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’