सत्तारुढ नेकपाले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक « Khabarhub

सत्तारुढ नेकपाले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार बिहान ११ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बुधबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने गरी पार्टी स्थायी कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

‘भोलि (बुधबार) बिहान ११ बजे पार्टी मुख्यालयमा पार्टी स्थायी कमिटी बैठक बस्ने भन्ने सूचना आएको छ,’ गजुरेलले खबरहबसँगको कुराकानीमा भने ।

सरकारले केही हप्ता अगाडि २ वटा अध्यादेश ल्याएपछि पार्टीमा विवाद बढेको सन्दर्भमा नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन २ जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका थिए ।

जसअनुसार वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

२५ गते बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर अघिल्लो दिन बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो ।

तर, सचिवालय बैठकमा विवाद बड्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बैठकको बीचमैउठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

बुधबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिएको थियो ।

सचिवालय बैठक सकिएपछि २ अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो ।
अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डले एजेन्डाको विषयमा गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ०० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने